Logo

हुण्डाइको इलाइट आई ट्वेन्टी र एक्टिभ सार्वजनिक, मूल्य रु.३२ लाख ५६ हजार देखि ४३ लाख

हुण्डाइको इलाइट आई ट्वेन्टी र एक्टिभ सार्वजनिक, मूल्य रु.३२ लाख ५६ हजार देखि ४३ लाख


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

७ साउन, काठमाडौं । नेपालका लागि हुण्डाइ कम्पनीको आधारिक बिक्रेतालक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले प्रिमियम ह्याचब्याक ‘इलाइट आई ट्वेन्टी’ र क्रस ओभर ‘आई २० एक्टिभ’ सार्वजनिक गरेको छ ।

बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । आई २० एक्टिभ को बजार मूल्य ३२ लाख ५६ हजार देखि ४३ लाख ५६ हजार र इलाइट इलाइट आई २०को ३३ लाख ९६ हजार पर्ने बताइएको छ ।

आइ ट्वान्टी इलाइट

Press Photo

जर्मनीको रुसलसेमस्थित हुण्डाइ मोटर्स डिजाइन सेन्टर युरोपमा डिजाइन गरिएको यो गाडी भारतीय बजारमा १ अगष्ट, २०१४मा पहिलो पटक सार्वजनिक गरिएको थियो । यो गाडी आप्mनो सेगमेण्ट अन्तर्गत आकर्षक, स्पोर्टी, नवीनतम ह्याचब्याक तथा फरक विषेशतायुक्त रहेको कम्पनीको दाबी छ ।

परिष्कृत शैली तथा यात्रुको आरामदायीतालाई ध्यानमा राखेर तयार पारिएको यसमा उत्कृष्ट आन्तरिक एवम् बाह्य बनावट, हार्मोनियस तथा स्पोर्टी अपियरेन्सले हुण्डाइको डिजाइन बिषेशतालाई झल्काउँछ ।

आई २० एक्टिभIMG_2446

आई २० एक्टिभ गाडीले गुणस्तर, डिजाइन, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषताका कारण अटो बजारमा नयाँ कोसेढुंगा स्थापित गर्नेकम्पनीको दाबी छ । यो उच्च आकाँक्षा भएका क्रियाशिल जीवनशैली चाहनेहरुका लागि उपयुक्त भएको कम्पनीले बताएको छ ।

यो गाडी भित्री तथा बाहिरी रुपमा समेत आकर्षक एवम् शक्तिशाली छ । सहरी परिवेश अनि राजमार्गहरुको प्रयोगका लागि पनि उत्तिकै उपयुक्त देखिन्छ । यसको आक्रामक प्रस्तुतिकरण र टल स्ट्यान्सले हुण्डाईको निरन्तर नयाँपन पस्कने विशेषतालाई झल्काउँछ । आकर्षक बान्की, सुधारिएको प्रवाहयुक्त सतह, सार्प लाइन्स तथा हिक्सागोनल ग्रिलजस्ता अत्याधुनिक विशेषताले यात्रालाई आरामदायी एवम् थप अविश्मरणिय बनाउछ ।

लगातार दुइ पटक आइकोटी पुरस्कार जित्न सफल एक मात्र गाडी निर्माता । सो अबसरमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुन्डाईले आफ्ना उपभोक्तालाई सधैं उच्च स्थान एवम् प्राथमिकतामा राखेको बताए ।

साथै विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट बिकशित २० एक्टिभले नयाँपनचाहने आधुनिकएवम् विशिष्ट वर्गकाग्राहकलाई खोजेभन्दा बढि उपयोगिता पस्कने सामथ्र्य राख्दछ ।

आई ट्वेन्टी एक्टिभका माध्यमबाट नेपालको अटो बजारमा आफ्नो उपस्थिति अझविस्तार गर्ने उनको भनाई थियो । स्टाइल, इन्धन माइलेज, सुरक्षा र कार्य–सम्पादनका आधारमा आई २० एक्टिभ गाडीले सवारी साधनका पारखीहरूलाई नौलो अनुभूति दिलाउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL