Logo

आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल क्षेत्रमैत्री : नाडा

आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल क्षेत्रमैत्री : नाडा



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोवाइल मैत्री आएको बताएको छ । नाडाले आफ्नो सल्लाह मानेको बताएको हो ।

‘नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो ।’ नाडाले भन्यो, ‘नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।’

खासगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको नाडाको भनाइ छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा नाडाले राखेको छ । नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्