Logo

एसपीजी अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड

एसपीजी अटोमोबाइल्सलाई ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड



काठमाडौँ । एसपीजी अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनिले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (ईभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ ।

laxmi

शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, “यो उपलब्धी हाम्रो नेपाली ग्राहकहरूको असिम साथ-सहयोगद्वारा सम्भव भएको हो । हामीले ल्याउने अत्याधुनिक इभिहरूमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकहरूप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ । हाम्रो सम्पूर्ण टिम, नेटवर्क पार्टनरहरू, र नेपालभरका हाम्रा प्रत्येक ग्राहकहरूसँग यो उपलब्धिको खुसी साट्न पाउँदा हामी अत्यन्तै गौरव महसुस गर्दछौँ ।”

नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त OMODA E5, फेब्रुअरीमा लन्च गरिएको थियो । कम्पनिले डेलिभरि सुरु भएदेखि, छोटो अवधिमा नै देशव्यापी ग्राहकहरूलाई फ्यूचरिस्टिक OMODA E5 को १५१ भन्दा बढी युनिटहरू हस्तान्तरण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL