Logo

टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार

टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार



काठमाडौँ । जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री अस्योरेन्सको साथ टिभिएस आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालीहरूलाई सबैभन्दा ठुलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यही विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा इलेक्ट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको जनाएको हो ।

laxmi

ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७०% एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरू उपलब्ध हुनेछ । ग्राहकहरूले मात्र रु २,९९,९०० मा टिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् ।

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरूले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्बन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूबका करिब ३,००,००० ग्राहकहरूले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL