Logo

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा

फोर्स मोटर्सको गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सबाट सहजपूर्ण कर्जा



काठमाडौँ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ ।

laxmi

आयाम इन्टरकन्टिनेटल प्रा.लि का अध्यक्ष डा.धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रा. लि.का देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ । यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका योजनाहरु सार्वजनिक गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL