Logo

Global_Ime

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म, १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजना हुने

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म, १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजना हुने



काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

laxmi bank orange saving
NABIL

यी केन्द्रमध्ये ३ वटा काठमाडौँ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी , बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौडा , धनगढी , नेपालगन्जमा रहेका छन् ।

यस क्याम्पमा टाटाका “पेसेन्जर” श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने छ। यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने जनाइएको छ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः: १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि:शुल्क प्रदान गरिनेछ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु .४ हजार नगद फिर्ताको पनि व्यवस्था रहेको बताइएको छ।
“हाल नेपालमा टाटाका प्यासेन्जर” श्रेणीका गाडीहरू बजार द्रुत गतिमा विस्तार भइरहेको छ । यसै सन्दर्भमा यस्ता गाडीहरूको ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगासर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc