Logo

महिन्द्राकाे ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा, खेतीपाती गर्ने तरिकामा फरक पार्ने

महिन्द्राकाे ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा, खेतीपाती गर्ने तरिकामा फरक पार्ने



काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा लन्च गरेको छ ।

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । यस ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरुकाे क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । र छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीले जानकारी दिएकाे छ ।

महिन्द्रा एण्ड महिन्द्राको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदा अत्यन्तै हर्षित भएकाे बताए ।

शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यो नयाँ ट्रााक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित भएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL