Logo

जलविद्युत् लगानी कम्पनीले गर्यो २ अर्बको सेयर निष्काशन, कात्तिक १२ बाट आवेदन

जलविद्युत् लगानी कम्पनीले गर्यो २ अर्बको सेयर निष्काशन, कात्तिक १२ बाट आवेदन


बिजखबर संवाददाता
27
Shares

जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले २ अर्व रुपैयाँ बरावरको सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक १२ गतेबाट साधारण सेयर निस्कासन गर्ने गरी सुचना प्रकाशित गरेको छ ।

कम्पनीले सर्वसाधारण, कम्पनीकै कर्मचारी र सामूहिक लगानी कोषलाई दिने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका सेयरहरु निष्काशन गरेको हो । जसमध्ये सर्वसाधारणका लागि १ करोड ८६ लाख कित्ता छुट्याइएको छ भने ४ लाख कित्ता कम्पनीका कर्मचारीलाई दिइने भएको छ । त्यसैगरी १० लाख कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिइने छ । जसमा ६ वटा सामूहिक लगानी कम्पनी रहेका छन् ।

कम्पनीमा अर्थमन्त्रालयको २० प्रतिशत, ऊर्जा, कानुन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषको १०÷१० प्रतिशत सेयर रहेको छ । अव सर्वसाधारणको भागमा २० प्रतिशत सेयर हुने छ ।

सर्वसाधारणले कम्तिमा ५० कित्ता र वढीमा ५० लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । साधरण सेयर जारी गरेपछि कम्पनीको पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंकिङ, एनएमबी क्यापिटल छन् । कम्पनीको सेयरका लागि राजधानी लगायत वाहिरका करिव ३० संस्थामा आवेदन दिन सकिन्छ ।

कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ?

hydro-share

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL