Logo

राष्ट्र बैंकले भन्यो, ‘सेयर धितो कर्जाको सिमा तोकिएको छैन, तर प्रयोजन खुलाउनु’

राष्ट्र बैंकले भन्यो, ‘सेयर धितो कर्जाको सिमा तोकिएको छैन, तर प्रयोजन खुलाउनु’



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो रोखेर लिने कर्जाको सिमा नतोकिएको स्पष्ट पारेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको एकिकृत निर्देशन जारी गर्दै सेयर धितो राखेर प्रयोजन नखुलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा लिएको खण्डमा २०७९ असारभित्र उक्त सिमा भित्र ल्याउन निर्देशन दिएको थियो । तर, त्यस्तो सिमा प्रयोजन नखुलेको हकमा मात्र लागू हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।

laxmi

हाल निश्चित प्रयोजन नखुलाई ब्यक्तिगत रूपमा सेयरको धितोमा लिने कर्जाको रकम बिगतमा प्रष्ट नरहेकोमा अबका दिनमा प्रयोजनन नखुलाई सेयर धितो राखी ५० लाख रुपैयाँसम्म मात्र कर्जा लिन सकिने छ । प्रयोजन नखुलाई कर्जा लिँदा उक्त कर्जा कुन क्षेत्रमा प्रबाह भएको भन्ने छुट्याउन कठिन भएकाले ५० लाख भन्दा बढी कर्जा लिँदा प्रयोजन खुलाउनु पर्ने व्यवस्था गरिएको हो ।

‘यदि कुनै व्यक्तिले सेयर खरिद गर्ने प्रयोग खुलाउँछ भने उक्त व्यक्तिको सेयर धितोले धान्ने सम्मको कर्जा लिन पाउनेछ,’ प्रवक्ता भट्टले भने, ‘तर सेयर धितो राखेर ५० लाखभन्दा बढी कर्जा लिएका छन् र आगामी दिनमा पनि त्यसरी लिएको कर्जाको प्रयोजन खुलाउँदैनन् भने त्यस्तो कर्जा २०७९ आषाढ मसान्तसम्म सो सिमा भित्र ल्याउनु पर्ने छ ।’

हाल सेयर धितो राखेर सेयर खरिदमात्र नभई उद्योग व्यवसाय संचालन, घरजग्गा खरिद तथा अन्य व्यापार व्यवसायमा लगानी भैरहेको र त्यसले गर्दा कुन क्षेत्रमा कति कर्जा प्रबाह भयो भन्ने थाहा नहुने भएकाले ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा अनिवार्य रुपमा प्रयोजना खुलाउने व्यवस्था गरिएको भट्टले जानकारी दिए । ‘प्रयोजन खुलाउँदा जुन क्षेत्रका लागि कर्जा लिएको हो सोही क्षेत्रमा खर्च हुन्न भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘जसका कारण भोलिका दिनमा बैंक तथा वित्तीय संस्थाबाट कुन क्षेत्रमा कति कर्जा प्रबाह भएको भन्ने विषयमा नियमन गर्न समेत सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL