Logo

आत्मनिर्भरताको नारा सहित आन्दोलनमा उत्रिए औषधि उत्पादक, गुणस्तरहिन औषधि आयात र विक्री वितरणमा रोक लगाउन माग

आत्मनिर्भरताको नारा सहित आन्दोलनमा उत्रिए औषधि उत्पादक, गुणस्तरहिन औषधि आयात र विक्री वितरणमा रोक लगाउन माग



काठमाडौं । सरकारले आफुहरुसँग पटक पटक गरेको सम्झौता कार्यान्वयनमा नल्याएपछि औषधि उत्पादकहरु आन्दोलनमा उत्रिएका छन् । यस अघि नेपाललाई औषधिमा आत्मनिर्भर बनाउनका लागि भएको सम्झौता कार्यान्वयन नगरेको, औषधिजन्य पदार्थको दर्ता र गुणस्तरमा कुनै पनि बहानामा सम्झौता गर्न नहुने, गुणस्तरहिन औषधि आयात र बिक्री वितरणरमा प्रतिबन्ध लगाउनुपर्नेजस्ता माग राखेर औषधि उत्पादकहरु आन्दोलनमा उत्रिएका हुन् ।

laxmi

आज (सोमबार) बबरमहलस्थित औषधि व्यवस्था विभाग परिसरमा नेपाल औषधि उत्पादक संघको आयोजनामा हजारौंको संख्यामा औषधि उत्पादक तथा कर्मचारीहरुले धर्ना दिएर विरोध जनाएका थिए । उनीहरुले एकलौटी रुपमा औषधिमा दशौं गुणासम्म बढाइएको राजस्व खारेज गर्नुपर्ने, विना दर्ता र गुणस्तर नै परीक्षण नगरी स्यानिटाईजर विक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्नेजस्ता माग राखेर आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले विहान १० बजेदेखि १२ बजेसम्म आफ्ना माग सहितको प्लेकार्ड बोकेर औषधि व्यवस्था विभाग परिसर भित्र साङ्ले जुलुस सहितको विरोध जनाएका थिए । सरकारले पटक पटक सम्झौता गर्ने तर उक्त सम्झौता कार्यान्वनयमा नल्याएपछि आन्दोलनमा उत्रनु परेको नेपाल औषधि उत्पादन संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । ‘नेपाली औषधि उत्पादकहरु गुणस्तरीय औषधि उत्पादन गरेर आत्मनिर्भर बन्न सक्षम छन्,’ उनले भने, ‘तर सरकारले नेपाली औषधि उत्पादकहरुलाई प्रोत्साह गर्नुको सट्टा जभाभावी गुणस्तरहिन औषधि आयात तथा विक्री वितरण गर्न दिएर नेपाली व्यवसायीलाई धराशायी बनाउनुका साथै जनताको स्वास्थ्य माथि खेलबाड गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL