Logo

सरकारले दियो सार्वजनिक सवारी नचलेको अवधिक बैंक किस्ता स्थगन गर्ने आश्वासन

सरकारले दियो सार्वजनिक सवारी नचलेको अवधिक बैंक किस्ता स्थगन गर्ने आश्वासन



काठमाडौं । सरकारले सार्वजनिक यातायात नचलेको अवधिको बैंक किस्ता स्थगन गर्ने आश्वासन दिएको छ । नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यको नेतृत्वमा गएको टोलीलाई अर्थ सचिव सिशिर कुमार ढुंगानाले यस्तो आश्वासन दिएका हुन ।

laxmi

यातायात व्यवसायीले यसअघि बैशाख २१ गते अर्थसचिव सिशिरकुमार ढुंगानालाई विभिन्न माग राख्दै विज्ञप्ती बुझाएका थिए । महासंघले बैशाखमा बुझाएको विज्ञप्तीम सार्वजनिक सवारी साधनको बैक किस्ता स्थगन, व्याजमा पूनविचार, पुनरकर्जाको व्यवस्था, सवारि संग सम्वन्धित सवारी कर, रुट ईजाजत नविकरण, जाँच पास, र चालक अनुमति पत्रको नविकरणको स्थगन गरि जरिवाना मिनाहको व्यवस्थालगायतको माग गरेका थिए ।

तर आजको बैठकमा उक्त कुराको आश्वासन दिएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार महासंघल बेलाबेलामा गरेको ताकेताका कारण सरकारले आश्वासन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL