Logo

साढे ६ अंकले बढ्यो नेप्से, रु. ६६ करोडको कारोवार

साढे ६ अंकले बढ्यो नेप्से, रु. ६६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ६ दशमलव ३४ अंकले बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा साढे ६ अंकले बढेर १ हजार ४० अंकमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ३८ अंकले बढेको छ भने जलविद्युत समुहको परिसुचक २९ अंकले उकालो लागेको छ । यसैगरी बजारमा बैंकिङ समुहको परिसुचक ४ दशमलव ४७ अंकले उकालो लागेको छ । विकास बैंक समुह पनि १० अंकले बढेको छ ।

विहीबार फाइनान्स र होटल समुहको परिसुचक भने सामान्य ओरालो लगोको छ ।

बजारमा दिनभर १ सय ४२ कम्पनीको सेयर कारोवार भएको छ । ति कम्पनीको ६६ करोड ४९ लाख रुपैयाँ बरावरको १० लाख ५० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL