Logo

५ दिनपछि खुलेको नेप्से २ अंकले बढ्यो, ३९ करोडको कारोवार

५ दिनपछि खुलेको नेप्से २ अंकले बढ्यो, ३९ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ साउन, काठमाडौं । ५ दिनको बन्दपछि खुलेको नेप्से परिसुचक २ अंकले बढेको छ । गत विहिबार ९ सय ६१ अंकमा अडिएको नेप्से परिसुचक आज ९ सय ६३ दशमलव २७ अंकमा पुगेको छ ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ३० अंकले बढेको छ । यसैगरी, विकास बैंक समुह पनि २८ अंकले उकालो लागेको छ । बजारमा बैंक, फाइनान्स समुहको परिसुचक पनि उकालो लागेको छ ।

बुधबार बजारमा जलविद्युत्, बीमा र अन्य समुहको परिसुचक भने ओरालो छ । आज सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ४५ अंकले घटेको छ ।

दिनभर १ सय ४६ वटा कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ३९ करोड रुपैयाँ बराबरको ७ लाख ४२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL