Logo

ब्रिक्शन कम्पनीको बिद्युतीय बस नेपाली बजारमा आउँदै, बजार मूल्य २ करोड

ब्रिक्शन कम्पनीको बिद्युतीय बस नेपाली बजारमा आउँदै, बजार मूल्य २ करोड



काठमाडौं । हिमालय मोटरक्र्सले नेपाली बजारमा ब्रिक्शन कम्पनीको बिद्युतीय बस भित्र्याउने भएको छ । अष्ट्रेलियन टेक्नोलोजीद्धारा निर्मित बस तथा माईक्रोबसलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म समय लाग्ने कम्पनीले जानकारी दिएको छ ।

उक्त बिद्युतीय सवारीसाधनहरु एक पटक फुल चार्ज गरिसकेपछि १ हजार किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी रहेको छ । कम्पनीले मुख्य गरी सार्वजनिक/निजी/पर्यटकीय/स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरणमैत्री समेत रहेकोले ग्राहकहरुका लागि ति सवारीसाधन उपयुक्त हुने बताएको छ ।

हिमालय मोटरक्र्सका प्रबन्ध निर्देशक ध्रुव थापाका अनुसार नेपाली सडकको अवस्थामा भने ति सवारीसाधनले ८ देखि ९ सय किलोमिटरसम्म माईलेज दिने छ । नेपालमा डिजेल तथा पेट्रोलबाट सञ्चालनमा आउने सार्वजनिक यातायातले अत्यधिक वायु प्रदुषण गरिरहेको अवस्थामा कम्पनीले १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु संचालनमा ल्याउने छन । साथै निकट भविश्यमा नै कार तथा जिपहरु समेत उत्पादन गर्ने कम्पनीले जानकारी दिएको छ ।

सरकारको वातावरण मैत्री सवारीलाई प्राथमिकता दिने नीतिअनुरुप कम्पनीले विद्युतबाट सञ्चालन हुने सार्वजनिक÷निजी÷पर्यटकीय÷स्कूल बस नेपाली बजारमा भित्र्याउन लागिएको हो । उक्त गाडीको ब्याट्रीमा २० बर्षको ग्यारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ । साथै ति ब्याट्री पुन रिसाईकल गरेर समेत संचालनमा ल्याउन सकिने छ ।

नेपाली बजारमा ति विद्युतीय सवारीसाधनको बजार मूल्य भने अन्य गाडीको तुलनामा केही महंगो पर्ने छ । कम्पनीका अनुसार एउटा बसको नेपाली बजारमा २ करोड रुपैयाँ सम्म पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL