Logo

बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर, पुरानो मोटरसाईकलसँग नयाँ साट्न सकिने

बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर, पुरानो मोटरसाईकलसँग नयाँ साट्न सकिने



काठमाडौं । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज एक्सचेन्ज सँगै अप्ग्रेड’ अफर सार्वजनिक गरेको छ । कम्नपीले वैशाख २९ गतेबाट जेठ ३ गतसम्म लागू हुने गरी विभिन्न सेवामा छुट दिनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनीले टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सकिनेगरी उक्त नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजार रुपैयाँ सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्नेछ ।

ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL