Logo

ब्रोकर कमशिन घटाउने अन्तिम तयारीमा धितोपत्र बोर्ड, कमिशनको अधिकतम सिमा ०.४ प्रतिशत

ब्रोकर कमशिन घटाउने अन्तिम तयारीमा धितोपत्र बोर्ड, कमिशनको अधिकतम सिमा ०.४ प्रतिशत



काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ । उच्च ब्रोकर कशिनका कारण लगानीकर्ता मारमा परेको भन्दै बोर्डले पुनः कमिशन घटाउन लागेको हो ।

laxmi


हाल ब्रोकर कमिशनलाई न्यूनतम २५ देखि ३० प्रतिशतसम्म घटाउने गरी गहृकार्य भइरहेको बोर्ड स्रोतले जानकारी दिएको छ । अहिले ब्रोकर कमिशत न्यूनतम शुन्य दशमलव ४ देखि शुन्य दशमलव ६ प्रतिशतको सिमामा रहेको छ ।


तर, आगामी दिनमा शुन्य दशमलव ३ देखि शुन्य दशमलव ४ प्रतिशतको सिमाभित्र झार्ने तयारी भइरहेको समेत ब्रोड स्रोतको भनाई थियो । ‘न्यूनमत सिमाको विषयमा अझै छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘तर अधिकतम सिमा भने शुन्य दशमलव ४ प्रतिशतभन्दा माथी जाँदैन ।’


बोर्डले साढे २ बर्ष अघि ब्रोकर कमिशन उच्च भएको भन्दै घटाएको थियो । तत्कालिन समयमा घटाएर ५० हजार रुपैयाँसम्म शुन्य दशमलव ६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म शुन्य दशमलव ५५ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म शुन्य दशमलव ५ प्रतिशत २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म शुन्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथी जिरो दशमलव ४ प्रतिशतसम्म सेवा शुल्क तोकेको थियो । हाल सोही व्यवस्था अनुसार ब्रोकरले कमिशन लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL