Logo

बजाज ‘नोटको बोट’ जगत बोगटीलाई, रु १ लाखको पहिलो विजेता

बजाज ‘नोटको बोट’ जगत बोगटीलाई, रु १ लाखको पहिलो विजेता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ बैंशाख, काठमााडौं । बजाजको नयाँ वर्ष योजना ‘नोटको बोट’ नुवाकोटका जगत बोगटीले प्राप्त गरेका छन् । उनले सो कार्यक्रम अन्तरगत स्क््रयाच कुपनमा १ लाख रुपैयाँ प्राप्त गरेका हुन् । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचंद एण्ड कम्पनीले नयाँ वर्ष २०७२ लाई लक्षित गर्दै ‘नोटको बोट’को प्रारम्भ गरेको थियो ।

१ लाख रुपैयाँ बिजेता बोगटीले काठमाडौँको टेकु स्थित एच.एच.बजाजको शोरुमबाट पल्सर १५० सि.सि. बाइक खरिद गर्दा सो पुरस्कार प्राप्त गरेका हुन् ।

कम्पनीले ल्याएको सो योजनाको अवधि भरि बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् (जसलाई रुखको पातका रुपमा देखाइएको छ) । पहिलो १० पटक स्क्र्याच गरेको अङकहरु जोडिने छन् र ११औ पटक स्क्र्याच गर्दा आएको अङले गुणा गरिनेछ र जति अङ आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइनेछ । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने कम्पनीले बताएको छ ।
यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ ।

योजनाका बारेमा बोल्दै कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले रु १ लाख बिजेता बोगटीलाई बधाइ दिएका छन् । ‘हामी सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध रहेका छौँ,’ उनले भने, ‘हाम्रा ग्राहकहरुको खुसीमा साथ दिन सकेकोमा हामी निकै हर्षित छौँ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL