काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले सर्वसाधारणको लागि सेयर निष्काशन गर्न अनुमति पाएको हो । यसअघि प्रभावित क्षेत्रका लागि सेयर निष्काशन गरेको हिमालयन ऊर्जाले सर्वसाधारणका लागि पनि सेयर निष्काशन गर्ने अनुमति आएको हो ।
जस अनुसार धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि १४ लाख ८५ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो । यस अघि कम्पनीले स्थानीय प्रभावित क्षेत्रका लागि ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरिसकेको छ ।
हिमालयन ऊर्जाको सेयर निष्काशन तथा विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुई वटा आयोजना निर्माण गरिरहेको छ ।