Logo

मोबाइल कार्निभल हुँदै, एसएलसी दिएका विद्यार्थीलाई विशेष छुट

मोबाइल कार्निभल हुँदै, एसएलसी दिएका विद्यार्थीलाई विशेष छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१९ चैत,काठमाडौं । नयाँ बर्षको अवसरमा मोबाइल कार्निभल आयोजना गरिने भएको छ । चैत २८ देखि पाको न्युरोडमा हुने सो कार्निभल नेपालकै पहिलो र ठूलो भएको आयोजकको दावी छ ।

पाको यूथ क्लबको सहितको सहभागीता रहने सो कार्निभलमा  ताम्राकार कम्प्लेक्सका सबै मोबाइल पसलहरु सहभागी हुने बताइएको छ ।

कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको आयोजक संस्था पाको यूथ क्लबका अध्यक्ष अमृतमान मानन्धरले जानकारी दिए ।
सो कार्निभलले मोबाइल खरिदकर्तालाई आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली बाँडन सक्ने बताए ।

कार्निभल वैशाख १ गतेसम्म पाको न्यूरोड क्षेत्रमा आयोजना हुनेछ । मेलाको १० लाख उपभोक्ताले अवलोकन गर्ने बताइएको छ ।
त्यस्तै एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत  मोबाइल खरिदमा विशेष उपहारसहित छुट दिईने आयोजकले जानकारी दिएको छ ।

कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई भने लक्की ड्रबाट विशेष छुट दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL