Logo

अप्रिलीआका दुई मोडल बजारमा, मूल्य रु २ लाख ९० हजार र ३ लाख ३० हजार

अप्रिलीआका दुई मोडल बजारमा, मूल्य रु २ लाख ९० हजार र ३ लाख ३० हजार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

१० चैत,काठमाडौं । युरोपको चर्चित बाइक रेसिङ बाइक अप्रिलीआ नेपाली बजारमा भित्रिएको छ । नेपालको नेएनजे इन्टरनेशनलले सो मोटरसाइकल नेपाली बजारमा भित्र्याएको हो ।

सो बाइकका दुई वटा मोडल नेपाल ल्याइएको छ । एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो मोडलको यी बाइक १ सय ५० सिसि क्षमताका छन् ।

जसमध्ये एसटिएक्स रोड बाइक पिच रोडको लागि उपयुक्त छ । इटिएक्स इन्ड्युरो भने जस्तोसुकै अप्ठ्यारो रोडमा पनि सजिलै कुदाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

एसटिएक्स रोडको मूल्य २ लाख ९० हजार तथा इटिएक्स इन्ड्युरोको ३ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यो बाइक सबै उमेर समूहका लागि उपयुक्त हुने कम्पनीका प्रबन्ध निर्देशक जितेन्द्रमान श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL