Logo

के साच्चै नेप्से जुवा घर नै हो ? च्याखे थाप्दै ठूला लगानीकर्ता !

के साच्चै नेप्से जुवा घर नै हो ? च्याखे थाप्दै ठूला लगानीकर्ता !


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु अर्थमन्त्री हुँदा भनेका थिए, ‘सेयर बजार बैधानिक जुवा घर हो ।’ तर, अहिले आएर नेप्सेले त्यहि बाटो समातेको छ ।

जहाँ लगानी होइन च्याखे थाप्ने लगानीकर्ताहरुको बढी हावी भएको छ । बिहीबार नेप्सेमा भएको कारोबार चक्र हेर्ने हो भने पनि त्यसैलाई प्रतिविम्बित गर्छ । लामो समयदेखि यता ओरालो लागेको बजारमा बिहीबार उच्च रुपमा उतारचढान हुन पुग्यो । बजार खुलको डेढ घण्टामा २० अंकभन्दा बढीले ओरालो लागेकोमा त्यस लगत्तै झण्डै दोहोरो अंकको बृद्धि समात्न पुगेको थियो । तर, त्यो बृद्धि लामो समय टिक्न सकेन ।

त्यसयता ओरालो लागेको बजारमा अन्तमा १० दशमलव ६३ घट्दै १ हजार २ सय २० अंकमा झरेर बन्द भयो । जहाँ साना लगानीकर्ताहरु नराम्ररी फस्न पुगेका छन् भने ठूला लगानीकर्ताहरुले च्याखे थाप्न शुरु गरेका छन् । बास्तवमै भन्नु पर्दा अहिलेको सेयर बजारमा टुकी बत्ती र पुतलीको खेल भइरहेको छ । टुकीको उज्यालो देखेर झुम्मिन आएको पुतली बत्तीको रापले जसरी मर्छ सेयर बजारमा साना लगानीकर्ताको हालत पनि त्यस्तै भएको छ भन्दा अनर्थ नहोला ।

ठूला लगानीकर्ताले कृतिम रुपमा माग सिर्जना गरी साना लगानीकर्तालाई आकर्षित गर्ने र उनीहरु आएपछि सप्लाई बढाएर बजारमा निस्कने क्रम बढेको सम्बद्ध लगानीकताहरु बताउँछन् । पछिल्लो समय दैनिक रुपमा भइरहेको कारोबार रकमलाई आधार मान्ने हो भने पनि बजारमा ठूला लगानीकर्ताहरु छिरेका छैनन् । उनीहरु अझै पनि बजार घटाउने दाउमा लागेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । तर, पछिल्लो समय बजारमा पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्तालाई लोभ्याएर च्याखे दाउ थाप्नका लागि भने ठूला लगानीकर्ताहरु अग्रसर हुन थालेका छन् ।

अहिले बजारमा विशेषगरी माडवारीहरुले घटेरै भएपनि सेयर बिक्री गरिहेका एक लगानीकर्ताले बताए । ‘केही समयअघि नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भइरहेको लगानीको विषयमा छानविन गर्दा पनि यसरी नै माडवारीहरु बजारबाट बाहिरिएका थिए,’ उनले भने, ‘अहिले अर्थ मन्त्रीमा डा.युवराज खतिवडा नियुक्त भएसँगै लगानीको स्रोत खोज्न सक्ने भएकाले पनि माडवारीहरु घट्दो बजारमा भएपनि सेयर बिक्री गर्दै निष्कन थालेका छन् ।’ बैंकबाट महङ्गो ब्याजमा ऋण दिएर छिरेलका लगानीकर्ताहरु मार्जिन कल र दैनिक जसो बढ्दो ब्याजको कारणले पछिल्लो समय घटेरै भएपनि सेयर बिक्री थालेका छन् ।

साताको अन्तिम दिन बजारमा अन्तिमसम्म चलखेल भइरहयो । बजार बन्दा हुँदा सबै समुहका परिसुचक रातो भएको थियो । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २० अंकले घट्न पुगेको छ । यसैगरी, यसैगरी माइक्रो फाइनान्नस १९ अंकले घट्दा विकास बैंक समुह ११ अंकले घटेको थियो । तर, बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने ३ दशमलव ९६ प्रतिशतले मात्र घटेको छ ।

यस्तै, होटल समुहको परिसुचक ६० अंकले घट्दा जलविद्युत समुहको परिसुुचकमा पनि २५ अंकको गिरावट आएको छ भने उत्पादनमुलक समुहको परिसचुकमा पनि ३३ अंकले घट्न पुगेको छ ।

बिहीबार कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकम बढेर ४३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । दिनभर कुल १ सय ५८ कम्पनीको १० लाख ७७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL