Logo

नेप्से ३ अंकले घट्यो,कारोवारमा पनि कमी

नेप्से ३ अंकले घट्यो,कारोवारमा पनि कमी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

१७ फागुन,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ दशमलव ६० अंकले आरालो लागेको छ । गत  साताको अन्तिम ८ दशमलव ६५ अंकले बढेको नेप्से ९ सय ७५ मा पुगेर बजार बन्द भएको छ ।

आइतवार  होटल समुहको परिसुचक सवैभन्दा बढी २५ दशमलव ८४ अंकले घटेको छ । त्यस्तै  जलविद्युत समूहको २२ दशमलव ८१ र अन्य समूहको १४ दशमलव ०९ अंकले ओरलो लागेको छ । बैंक समूहको परिसुचक २ दशमलव ०२ अंकले घटेको छ भने विकाश बैंक तथा उत्पादन समूहको सूचक क्रमशः ० दशमलव ०८ र २ दशमलव ३३ अंकले बढेको छ ।

यता फाइनान्स तथा बीमा समूहको  परिसुचक भने ० दशमलव २९ र ११ दशमलव ८ अंकले बढेको छ । आइतवार १ सय ४२ कम्पनीको ५ लाख ६२ हजार कित्ता सेयर विक्री भयो  । जसबाट  २० करोड २७ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL