Logo

लक्ष्मी भ्यालु फन्डमा पौने ३ गुणा आवेदन, बुधबार नै आवेदन बन्द

लक्ष्मी भ्यालु फन्डमा पौने ३ गुणा आवेदन, बुधबार नै आवेदन बन्द


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ फागुन, काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ मा पौने ३ गुणा बढी आवेदन परेको छ । लक्ष्मी क्यापिटल मार्केटले गत बिहीबारबाट निष्काशन शुरु गरेको उक्त म्यूचुअलफण्डमा अधिक आवेदन परेपछि बुधबार नै निश्काशन बन्द गरिएको छ । चेक क्लियरिङ गर्न आइतवारसम्म समय लाग्ने भएकाले त्यसपछि मात्रै आवेदनको वास्तविक तथ्याङ्क प्राप्त हुने लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले बताए ।

लक्ष्मी बैङ्कको सहायक कम्पनी लक्ष्मी क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरका ४० लाख एकाइको सार्वजनिक निश्काषन गरेको थियो ।

भ्यालु फन्डको जम्मा रू. ४ करोड बराबरको एकाइमध्ये तीन करोड ४० लाख रुपैयाँको ३४ लाख एकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको हो। कम्पनीले पहिलो पटक ४० करोड (अधिकतम ५० करोड) मूल्य बराबरको पाँच वर्षे योजना निष्काशन गरेको बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL