Logo

क्रेडिट रेडिङ कम्पनी थपियो, केयर रेटिङले पायो अनुमति

क्रेडिट रेडिङ कम्पनी थपियो, केयर रेटिङले पायो अनुमति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई अनुमति प्रदान गरेको छ । बोर्डले क्रेडिट रेटिङको काम गर्न केयरलाई अनुमति प्रदान गरेको हो ।

केयरसँगै रेटिङको काम गर्ने दुई कम्पनी भएका छन् । यस अघि इक्रा नेपालले रेटिङको काम गर्दै आएको थियो ।

केयर रेटिङ नेपाली र भारतीय संयुक्त लगानीको कम्पनी हो । जसमा भारतीय कम्पनीको ५१ प्रतिशत लगानी छ भने नेपालीको ४९ प्रतिशत सेयर छ । नेपाली लगानीकर्तामा विशाल ग्रुप र इमर्जिङ नेपालको १०÷१० प्रतिशत सेयर छ । यसैगरी ४ वटा बैंक र बीमा कम्पनीको गरेर ५ प्रतिशत लगानी छ । जसमा ग्लोबल आइएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स र लाईफ इन्स्योरे कर्पोरेशनको रहेको छ ।

केयर रेटिङको नेपाली लगानीकर्ताको तर्फबाट डा. विनोद आत्रेय रहेका छन् । यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सजन गोयल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL