Logo

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार

सेयर बजारमा ९ अंकको वृद्धि, ६ अर्ब ३८ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.१९ अंकले बढ्दै २६ सय ३१ को विन्दुमा पुगेर रोकिएको छ ।

आज कुल ३ सय १८ कम्पनीका १ करोड ४१ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ३ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ४५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज वित्त, हाेटल तथा पर्यटन, जलविद्युत र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्