काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ४.७८ अंकले बढ्दै २६ सयको विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय २५ कम्पनीका १ करोड ७५ लाख ८७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि आईतबार कारोबार रकम ९ अर्ब १४ करोड माथिको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय २४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय २३ कम्पनीको सेयरमूल्य बढेको छ । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट नजिक पुगेको छ । यस्तै आज सेयरमूल्य घटेका कम्पनीहरुमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबारमा आएकामध्ये ६ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ७ समुहको परिसुचकमा वृद्धि देखिन्छ ।