काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको रिङरोडका लागि निशुल्क बस सेवा सुरु गरेको छ । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएपछि नेपाल प्रहरीले यस्तो सेवा सुरु गरेको हो । रिङरोडमा चल्ने उक्त बसमा आम नागरिक चड्न पाउने प्रहरीले जनाएको छ ।