काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उछाल देखिएको छ । कारोबार समयको सुरुवातमा ओरालो लागेको नेप्से दिउँसो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको चर्चासँगै उकालो लागेको थियो ।
गभर्नर नियुक्तिको चर्चाको प्रभाव सेयर बजारमा देखिँदा आज नेप्से परिसुचक ४९ अंकले बढ्दै २६ सय ७७ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय १० कम्पनीका १ करोड ६८ लाख ८८ हजार बढी कित्ता सेयर ७३ हजार पटक खरिदविक्री हुँदा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये २ सय २९ कम्पनीको सेयरमुल्य उकालो लाग्दा बाँकी १५ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । आज सेयरमुल्य उकालो लागेकामध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचकमा उछाल देखिएको छ ।