Logo

कञ्चनजंघा हिरक महोत्वसको तयारी पुरा, पर्यटकलाई हेलिकप्टरमा घुमाइने

कञ्चनजंघा हिरक महोत्वसको तयारी पुरा, पर्यटकलाई हेलिकप्टरमा घुमाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कञ्चजंघा हिरक महोत्वसको तयारी पुरा भएको आयोजक कमिटिले जानकारी दिएको छ । यही मंसिर ७ देखि ९ गतेसम्म चल्ने उक्त महोत्वसको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक कमिटिका सचिव बलबहादुर तामाङले बताए । ‘कंञ्चनगंघा हिमाल आरोहणको ६० औं बर्ष पुगेको अवसरमा गरिएको यस महोत्सवले ताप्लेजुङका प्राकृतिक सम्पदा तथा धार्मिक स्थलको प्रवद्र्धन गर्न सहयोग पुग्ने छ,’ उनले भने, ‘सो अवसरमा स्वदेशी तथा विदेशी आरोही तथा सो क्षेत्रका संरक्षणकर्ताहरुलाई सम्मान गरिने छ ।’

तीन दिनसम्म चल्ने उक्त महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । महोत्वसमा त्यस क्षेत्रका विभिन्न पर्यटकिय स्थल तथा उत्पादनको बृत्त चित्र प्रद्र्धशनी, स्थानीय उत्पादनको प्रद्र्धशन तथा स्थानीय स्तरका झाकीहरु देखाइने भएको छ ।

यसैगरी त्यसक्षेत्रमा रहेका धार्मिक स्थल पाथिभारा, हिमाल, स्थानीय स्तरमा पर्यटकिय गन्तव्यहरुको भ्रमण, हाइकिङ तथा माउण्टेन वाकाथुन लगायतका कार्यक्रम गरिने छ । त्यस क्षेत्रमा प्राकृति तथा धार्मिक स्थलहरुको भ्रमण गर्न चाहने पर्यटकलाई हेलिकप्टरमा घुमाइने भएको छ । जसको लागि आयोजकले मनाङ एयरको हेलिकप्टर चाटर्ड गरेर राखेको समेत आयोजकले जानकारी दिएको छ ।

सो मेलामा माउण्टेन फ्लाईट, माउण्टेन वाइक र्याली, प्याराग्लाइडिङजस्ता कार्यक्रम पनि हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL