Logo

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड, ७६ हजारले हातपारे ९८ लाख ८८ हजार कित्ता

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड, ७६ हजारले हातपारे ९८ लाख ८८ हजार कित्ता



काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरबाँडफाँड गरिएको छ । कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १ सय रुपैयाँ अंकित दरको सेयर निष्काशन गरेको थियो ।

laxmi

जसअनुसार कमपनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २ सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४ सय ६१ कित्ता हकप्रद सेयर बाँडफाँडका लागि स्वीकृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL