Logo

सातौं चरणको चेम्बर एक्स्पो शुरु, अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री अर्याल

सातौं चरणको चेम्बर एक्स्पो शुरु, अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री अर्याल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं ‘चेम्बर एक्स्पो २०२४’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि नेपाल चेम्बर अफ कमर्सले सातौं चेम्बर एक्स्पो २०२४ को सुरुवात गरेको हो ।

laxmi

नवनियुक्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डाल प्रसाद अर्याल (डिपी)ले उक्त एक्स्पोको उद्घाटन गरेका हुन् । अर्यालले चेम्बर एक्स्पोको उद्घाटन गर्दै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । मन्त्री अर्यालले नेपाली उत्पादनको प्रचारप्रसार र बजारीकरण गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए ।

‘यस्तो मेलाले नेपाली अर्थतन्त्रलाई समेत टेवा पुर्याउनले उनले बताए । विशेषगरि नेपाली उत्पादनमा प्रचारप्रसार गर्न र बजारीकरणमा एक्स्पोले साथ दिनुपर्नेमा उनले जोड दिए । स्वदेशी उत्पादनले बजार पाउन यो एक्स्पोले सहयोग गर्ने समते उनले विश्वास व्यक्त गरे ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुक भित्र हुने ब्यापार मेलाले आर्थिक तथा ब्यापारिक गतिविधिको विस्तार हुने बताए । मेलाले अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न सहयोग समेत पुग्ने बताए ।

मेलामा नेपालमा उत्पादित सबैखालका उत्पादनहरु प्रदर्शनीमा राखिएको र यस्तो मेलाले मुलुकको निर्यात व्यापारमा टेवा पुग्ने उनले बताए । ‘मुलुकलाई आत्मनिर्भर बनाउन उत्पादन बढनु पर्छ । मुलुक आयातमुखी बन्न पुगेको छ । यो हितको लागि केही आवश्यक कानुम संशोधन गर्नु पर्छ’, उनले भने, ‘मुलुकको आर्थिक गतिविधि सुस्ताएको छ । आयात र निर्यातको खाडल उच्च छ । आयातको तुलनामा निर्यात निक्कै कम छ । निर्यातलाई सहजीकरण गर्न भन्सारमा अन्तरराष्ट्रियस्तरको ल्याब स्थापना गर्नु पर्छ ।’

आगामी बजेट अर्थतन्त्र सुधार गर्ने खालको आउनु पर्ने बताउँदै उनले भने, ‘लगानी आकर्षित हुन सकेको छैन । बैंकमा लगानियोग्य रकम थुपृएर वसेको छ । लगानी गर्ने वातावरण बन्न नसक्दा यो अवस्था आएको छ ।’

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले मुलुकको अर्थतन्त्र सुधार गर्न अझै मेहनत गर्नु पर्ने बताए । ‘अहिले हामी बिषम परिस्थितिमा छौं । ब्यापार घाटा उच्च छ । हामीसँग प्रचुर सम्भावना छ । यो सबै हुदाँहुँदै पनि केही गर्न सकिएको छैन । अब जनशक्तिलाई उत्पादन र सेवामा जोडनु पर्छ, उनले भने ।

निर्यातको हिस्सा बढाउनको लागि सरकारले काम गरिरहेको र निजी क्षेत्रको समस्याहरुलाई समेत सम्बोधन गर्न सरकार लागिपरेको बताए । निजी क्षेत्र सरकारको पोलिसी पार्टनर रहेको समेत उनले बताए । नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाउने समते उनले विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL