Logo

नयाँ–नयाँ मोडलका गाडी सार्वजनिक गर्दै नाडा अटो शो, स्टलमै फाइनान्स सुविधा

नयाँ–नयाँ मोडलका गाडी सार्वजनिक गर्दै नाडा अटो शो, स्टलमै फाइनान्स सुविधा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सहज फाइनान्स सुविधा सहित गाडी किन्नेहरुका लागि नाडा अटो शो २०७३ ले नयाँ–नयाँ मोडलका गाडी तथा मोटरसाइल ल्याएको छ । आज देखि शुरु भएको नाडा अटो शोमा विभिन्न कम्पनीले सहज फाइनान्स सुविधा सहित नयाँ मोडलमा गाडीहरु सार्वजनिक गरेका छन् ।

नाडा अटो शोको अवसरमा नयाँ मोडलका २ तथा ४ पाङ्ग्रे सवारीसाधनहरु लञ्च गरिएका छन् । मेला उद्घाटनको अवसरमा टोयटा, फियाटलगायतका कम्पनीले आफ्ना नयाँ मोडलहरु सार्वजनिक गरेका छन् । यसैगरी नयाँ मोडलका २ पाङ्ग्रे सवारीसाधन पनि सार्वजनिक गरिएको छ ।

मेलामा सवारीसाधन देखि त्यसका लागि आवश्यक पार्टपूर्जा, लुब्रिकेन्टस तथा सहज फाइनान्सिङको व्यवस्था रहेको छ । मेलामा नेपालमा उपलब्ध सवै मोडलका सवारीसाधन तथा त्यसका पार्टपूर्जाको वारेमा जानकारी लिन सकिने नेपाल अटोमोवाइल्स डिलर्श एशोसियशनका अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘यो मेला सवारीसाधनको वारेमा जानकारी लिन चाहने तथा नयाँ सवारी किन्न चाहने उपभोक्ताका लागि उपयुक्त माध्यम हो,’ उनले भने, ‘जहाँ अटो बजारमा विश्वमा भइरहेको विकासक्रमको वारेमा जानकारी लिन सकिन्छ ।’

मेलामा १७ वटा ब्राण्डका चारपाङग्रे, १५ वटा ब्राण्डका २ पाङ्ग्रे, ५ वटा ब्राण्डका ठूला सवारीसाधन रहेको छन् । यसैगरी, त्यसका पार्टपूर्जा तथा विभिन्न ब्राण्डका लुब्रिकेन्टहरु मेलामा रहेका छन् । आजदेखि शुरु भएको सो मेला १९ गतेसम्म चल्ने छ ।

मेलामा सवारीसाधनका साथै त्यसलाइ अटो कर्जा उपलब्ध गराउनका लागि विभिन्न वाणिज्य बैकहरुले पनि स्टल राखेका छन् । मेलामा ग्लोवल आईएमई, एनएमबी लगायत झण्डै १ दर्जन बैंकहरुले अटो कर्जा प्रदानका लागि स्टल राखेर बसेका छन् । बैंकहरुले मेलामा गाडी खरिद गर्न चाहनेका लागि स्टलबाटै न्युनतम साढे ६ प्रतिशत व्याजमा कर्जा प्रदान गर्नेछन् । मेलामा कर्जा लिँदा सेवा शुल्क समेत कम रहेको सम्बद्ध बैंकहरुको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL