Logo

कटन क्यान्डीमा अखाद्य रंग भेटियो, प्रयोग र विक्री वितरणमा रोक

कटन क्यान्डीमा अखाद्य रंग भेटियो, प्रयोग र विक्री वितरणमा रोक



काठमाडौं । सरकारले कटन क्यान्डीमा अखाद्य रंग पाईएकाले यसको प्रयोग र सेवनमा रोक लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै जाँच गर्दा यसमा अखाद्य रंग भेटिएको हो ।

laxmi

यसमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको विभागले जानकारी दिएको छ ।
यसपश्चात विभागले यसको खुल्ला विक्री वितरण र उपभोगमा रोक लगाएको छ । विभागले सार्वजनिक सूचना नै जारी गरी यसको प्रयोगमा रोक लगाउन र आफ्ना बालबालिकालाई यसको सेवन गर्न नदिन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL