Logo

मुद्दती खातामा लगानी गर्दै सेबोन, १९ गतेसम्म लगानी प्रस्ताव गर्न मिल्ने

मुद्दती खातामा लगानी गर्दै सेबोन, १९ गतेसम्म लगानी प्रस्ताव गर्न मिल्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मुद्दती खातामा लगानी गर्ने जानकारी दिएको छ । बोर्डले आज एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागेको जानकारी दिएको हो ।

laxmi

सेबोनले वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा १ बर्षका लागि लगानी गर्ने भएको हो । ईच्छुक वाणिज्य बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न सक्नेछन ।

प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL