Logo

Global_Ime

सोफा हवको दशैं अफर : आइरनदेखि स्कुटरसम्म जित्ने मौका

सोफा हवको दशैं अफर : आइरनदेखि स्कुटरसम्म जित्ने मौका



काठमाडौं । दशैंको अवसर पारेर सोफा हवले स्कुटर उपहार पाईने अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकेदार अफर सार्वजनिक गरेको हो ।

Laxmi_sunrise
Kumari

उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार प्राप्त हुने सोफा हवका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले बताए ।

सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपन स्क्र्याच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ। जसमा भाग्यशाली ग्राहकले निश्चित रुपमा स्कुटर उपहार पाउने पक्का भएको छ। सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ ।

विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाँश ग्राहकको रोजाईको केन्द्र बन्दैआएको छ। कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गरिदैआएको सोफा हबले जनाएको छ । घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । १५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC