Logo

२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २२.६५ अंकले बढेको छ । पछिल्ला दिन लगातार ओरालो यात्रा तय गरेको नेप्से सोमबार बिहानैदेखि उकालो लाग्दा अन्तिममा दोहोरो अंकले बढ्दै १९४९ को विन्दुमा पुगेको हो ।

आज दिनभर २ सय ५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता किनबेच हुँदा कारोबार रकम १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ माथि पुगेको छ । आज दिनभरको कारोबारमा १ सय ७८ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३३ कम्पनीको सेयरमुल्य ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL