Logo

सूचीकृत कम्पनीलाई वर्गीकरणका लागि विवरण पठाउन नेप्सेको निर्देशन, फागुन १० भित्र बुझाउनुपर्ने

सूचीकृत कम्पनीलाई वर्गीकरणका लागि विवरण पठाउन नेप्सेको निर्देशन, फागुन १० भित्र बुझाउनुपर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको छ । नेप्सेले सोमबार एक सूचना सार्वजनिक गर्दे वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकोले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।

नेप्सेले विवरणहरु यही फागुन १० गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई–मेलमार्फत उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL