Logo

दशैंको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने, नारायणघाट काठमाडौं रुटमा ठुला गाडी चल्न नपाउने

दशैंको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने, नारायणघाट काठमाडौं रुटमा ठुला गाडी चल्न नपाउने



काठमाडौं । लामो रुटमा चल्ने यात्रुवाहक सवारीसाधनका लागि दशैंको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बुधबार ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रिय महासंघका पदाधिकारीबीच भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

laxmi

हरेक बर्ष दशैंको समयमा आफ्नो आफ्नो गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि भन्दै अग्रिम टिकट बुकिङको व्यवस्था गरिन्छ । यो बर्ष पनि सबै सरोकारवालाहरुको सहमतिमा असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपालले बताए ।

उनका अनुसार आजको छलफलमा दशैंका बेला यात्रु आवतजावत सहजीकरण र जाम नियन्त्रणका लागि असोज १५ गतेदेखि २२ गतेसम्म नागढुंगा नौविसे सडकखण्डमा ठुला मालबाहक सवारीसाधन चल्न नपाउने व्यवस्थासमेत गरिएको छ । यस्तै दशैंलाई केन्द्रित गर्दै सडक विभागले सडकमा भएका खाल्डाखुल्डी पुर्नेलगायतका बिषयमा आज सहमति भएको महासचिव नेपालले बिजखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL