Logo

आइएमई पेको ‘रिफर एन्ड अर्न’ अफर सार्वजनिक, साथीलाई रिफर गरे वालेटमा २५ रुपैयाँ जम्मा हुने

आइएमई पेको ‘रिफर एन्ड अर्न’ अफर सार्वजनिक, साथीलाई रिफर गरे वालेटमा २५ रुपैयाँ जम्मा हुने



काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी–भाइमाझ सेयर गर्नुपर्छ । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउनेछन् ।

प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ भागबाट वा यसको लिंक बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेले उक्त अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने रहेको बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राख्दछ ।   

प्रतिक्रिया दिनुहोस्
MBL