Logo

स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, महिला केन्द्रित सामान खरिदमा ४० प्रतिशतसम्म छुट

स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, महिला केन्द्रित सामान खरिदमा ४० प्रतिशतसम्म छुट



काठमाडौं । स्मार्टडोकोले नारी दिवसको अवसरमा ‘वुमन डे अफर’ सार्वजनिक गरेको छ । नारी केन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यस्तै महिलाहरुले न्यूनतम २ हजार रुपैयाँकोे किनमेल गर्दा २ सय रुपैयाँको गिफ्ट कार्ड पाउन सक्नेछन् ।

laxmi

साथै नारी दिवसको अवसरमा ‘ट्याग एण्ड वीन’ समावेश गरिएको छ जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गरि स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

स्मार्टडोकोले अर्थ रिदम, मामाअर्थ, ट्रेसेम, भिक्टोरियाज सेक्रेट, डट एण्ड की र अन्य धेरै ब्रान्डहरुमा ४० प्रतिशतसम्म छुट सहित महिला केन्द्रित सामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्दैछ ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फूड एण्ड ग्रोसरिज, तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोका ग्राहकहरुले काठमाडौं उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौं उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ ।

उक्त अफर फाल्गुन २२, २०७८ देखि फाल्गुन २४, २०७८ सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL