GBIME

अर्थले तयार पार्यो धितोपत्र बोर्डको अध्यक्ष छनौट र सिफारिस कार्यविधी, यस्ता छन् मुल्यांकनका ४ आधार


बिजखबर संवाददाता
13 January, 2022 4:05 pm

sebon_nepal

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस सम्बन्धी कार्यविधी तयार पारेको छ । बोर्डको रिक्त रहेको अध्यक्ष पदमा आजसम्म आवेदन दिने अन्तिम मिति रहेकोमा अर्थले बुधबारमात्रै नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट तथा सिफारिस कार्यविधी २०७८ लागू गरेको हो ।

Laxmi
NABIL
Yamaha

उक्त कार्यविधी अनुरुप आवेदकहरुको विभिन्न ४ विधीमार्फत मुल्यांकन गरिने छ । जसमा सबैभन्दा बढी नम्बर शैक्षिक योग्यता, अनुभव र तालिमलाई ५५ अंक दिइएको छ । यसैगरी व्यवसायीक कार्ययोजनालाई ५० अंक, प्रस्तुतीकरणका लािग २५ र अन्तर्वार्ताका लागि २० अंक दिइएको छ । जसको कुल पुर्णाङ्क १५० नम्बरको हुनेछ । उक्त विधी अनुरुप शैक्षिक योग्यता अन्तरगत विद्यावारिधी गर्नेका लागि थप ५ नम्बर दिइएको छ ।

यस्तो छ अर्थ मन्त्रालयले लागू गरेको नयाँ कार्यविधी

sarbottam

प्रतिक्रिया दिनुहोस्

NTC
MBL