Logo

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ४ अर्बबाट पनि तल झर्यो

नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ४ अर्बबाट पनि तल झर्यो



काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परीसुचक ओरालो लागेको छ । पछिल्लो समय लगातार घटीरहेको बजारमा सोमबार परिसुचक ६ दशमलव ६८ अंकले घट्दै २५ सय ७० औं विन्दुमा आई रोकिएको हो ।

यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमले समेत साथ छोड्दा सोमबार जम्मा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघिका दिनहरुमा कम्तिमा ४ अर्बमाथी पुग्ने कारोबार रकम सोमबार भने ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँमा सिमिति भएको हो ।

बजारमा कारोबार भएका कुल २ सय २७ कम्पनीका ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर सोमबार किनबेच भएका हुन् ।

लगातार बजार ओरालो लाग्दा सोमबार भने ४ समुहबाहेकका समुहको परिसुचक ओरालो लागेको छ । आज उकालो लाग्ने समुहमा भने अन्य, होटल तथा पर्यटन्, लघुवित्त र जिबन बीमा समुह रहेका छन् ।

यी समुहको परिसुचक क्रमशः २१, १२, ७२ र ५ अंकले उकालो लागेका हुन् । यस्तै ओरालो लाग्ने समुहको पहिलो स्थानमा भने जलविद्युत, फाईनान्स र उत्पादनमुलक समुह छ । यी समुहको परिसुचक क्रमशः ६५, ५२ र ३२ अंकले ओरालो लागेको छ ।

यस्तै, बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक सोमबार ३.८८ अंकले घट्दा विकास बैंक समुहको परिसुचक भने सबैभन्दा धेरै ८६ अंकले ओरालो लागेको छ । आज बजारमा कारोबार भएका कुल कम्पनीमध्ये १ सय ९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ६९ कम्पनीको सेयरमूल्य उकालो लागेको हो ।

आज धेरै मूल्य बढाउन सफल कम्पनीहरुमा आशा लघुवित्त, मैलुङ खोला जलविद्युत कम्पनी, सपोर्ट माईक्रोफाईनान्स, मिथिला लघुवित्त र महिला लघुवित्त कम्पनी रहेका छन् । यी कम्पनीको सेयरमूल्यमा सोमबार ९ प्रतिशत बढिको वृद्धि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL