Logo

‘फुटवेयर बिजनेश एक्स्पो’ मा १० हजारसम्मका बुट, एकैदिन ७ हजारले गरे अवलोकन

‘फुटवेयर बिजनेश एक्स्पो’ मा १० हजारसम्मका बुट, एकैदिन ७ हजारले गरे अवलोकन


बिजखबर संवाददाता
27
Shares

भृकुटीमण्डमा भइरहेको फुटवेयर बिजनेश एक्स्पोमा १० हजारसम्म बुट उपलब्ध छन् । नेपाली शीप र कलाबाट निर्मित उक्त बुट मेलाको आकर्षक बन्न पुगेको छ ।

स्काइ शुले बनाएको उक्त बुट पूर्णरुमा छालाबाट निर्माण गरिएको छ । सोलदेखि सम्पूर्ण चीज छालाकै रहेको स्काइ शुका प्रवन्ध निर्देशक मनोजकुमार श्रेष्ठ बताउँछन् ।

shikhar-shoe

नेपाली जुत्ता घरको आयोजना भइरहेको उक्त एक्स्पोमा नेपालका विभिन्न चर्चित ब्राण्डका जुत्ता तथा चप्पलहरु रहेका छन् । शनिबार एकै दिन ७ हजारभन्दा बढीले उक्त एक्स्पो अवलोकन गरेको जुत्ता घरका अध्यक्ष तथा शिखर शुका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । ‘फुटवेयर मेला एकदमै भव्व र सव्य भइरहेको छ,’ उनले भने, ‘शनिबारमात्रै विभिन्न कम्पनीका २ हजार ५सय जोर जुत्ता विक्री भयो ।’

koseli-shoe

मेलामा शिखर शु, स्काई शु, कोेसेली शु, बीएफ डिएर हिल, क्रस रोड, शुल्याण्ड, फुटल्याण्ड, इजी शु, टाकुरा र लेदरबीङ्स कम्पनीका जुत्ता तथा चप्पलहरु उपलब्ध छन् ।
मेलामा १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

bf-dear-hill

 

शुक्रबारदेखि शुरु भएको मेला सिमित अवधिका लागि चल्ने छ । विशेष छुट भएकाले मेलामा एकदमै सस्तो मुल्यमा आकर्षक जुत्ता तथा चप्पल खरिद गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL