Logo

के बजारले वियरिस ट्रेण्ड समातेकै हो ? ४ महिना लगाएर बढेको ५८८ अंक डेढ महिनामै खस्कियो

के बजारले वियरिस ट्रेण्ड समातेकै हो ? ४ महिना लगाएर बढेको ५८८ अंक डेढ महिनामै खस्कियो



काठमाडौं । प्राविधिक रुपमा सेयर बजारले वियरिस ट्रेण्डको संकेत दिएको छ । नेप्से परिसुचक २० प्रतिशतभन्दा तल झरेपछि बजारले वियरिस ट्रेण्ड समात्छ । नेप्सेको वुलिस ट्रेण्डको उच्चतम विन्दु ३१९९ लाई आधार मन्ने हो भने आज (मंगलबार) सम्ममा नेप्से पसिुचकमा १८ प्रतिशतभन्दा बढिले गिरावट आईसकेको छ ।

laxmi

बैंशाख १६ गते २६११.११ अंकमा रहेको नेप्से परिसुचक त्यसपश्चात बढ्दै भदौं २ गते ३२०० अंक पार गरी ३१९९.०३ अंकमा झरेर बजार बन्द भएको थियो । यसैगरी नेप्सेले भदौं ३ गते हालसम्मकै उच्च विन्दु अर्थात गते ३२२७.११ अंक छोएर पुनः ३२०० सय अंकभन्दा तल झरेर बजार बन्द हुन पुगेको थियो ।

तर त्यसयता ओरालो लाग्न सुरु गरेको बजार असोज १२ गते (आज) अर्थात करिव डेढ महिनामै ५८५ अंकले ओरालो लाग्न पुगेको छ । तत्कालिन समयमा बजार बढ्दा लगानीकर्ताले कम सेयर भएका फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीको हकप्रद सेयरको नाममा बजार उच्च रुपमा उचालेका थिए । फाइनान्स तथा विकास बैंकको चुक्ता कम भएको र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हकप्रद सेयर जारी गर्दै पुँजी वृद्धि गर्न दिने हप्ला फैल्याएर त्यस्ता कम्पनीको सेयर मुल्य उचालेका थिए । साथै विद्युत नियमन आयोगले बैशाख १५ गते जलविद्युत कम्पनीलाई बैंकको ऋण तिर्न समेत हकप्रद सेयर जारी गर्न दिने भन्दै ‘विद्युत सम्बन्धी कम्पनीको सेयरका सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिकाको मस्यौदा’ मा उल्लेख गरेकै आधारमा सेयर मुल्य उच्च रुपमा वृद्धि गरिएको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हकप्रद जारी गर्न नदिएको र विद्युत नियमन आयोगले पनि बैंकको ऋण तिर्न जलविद्युत कम्पनीलाई हकप्रद सेयर जारी गर्न नदिने कुरा बाहिरिएपछि तिनै कम्पनीको सेयर मुल्यहरुमा उच्च गिरावट आउन थालेको थियो । बजारमा अहिले पनि सोही अनुरुप गिरावट आईरहेको छ ।

प्राविधिक रुपमा बजारले वियरिस ट्रेण्ड समातेपनि यो सिजनल हो वा साईटिकल भन्ने विषयमा कन्फ्युज भएको एक ठूला लगानीकर्ताले जानकारी दिए । ‘प्राविधिक रुपमा नेप्से भदौ २ गते उच्चतम विन्दुमा बन्द भएर अहिले जति गिरावट आएको छ त्यसले बजार वियरिस साईकलमा गयो भन्ने देखाउँछ,’ ती लगानीकर्ताले भने, ‘तर लामो समयसम्म घट्ने साईटिकल वियरिस हो वा केही समयका लागि घटेको सिजनल विययिरस हो भन्ने चाहिँ १÷२ हप्ताको बजारले देखाउँछ ।’

नेप्सेको तथ्याङ्क हेर्ने हो भने पनि लगानीकर्ताले बढ्दो बजारमा जुनजुन उपसुमहहरुमा कमाएका थिए घट्दो बजारमा पनि सोही उपसमुहका लगानीकर्ताले बढि गुमाईरहेका छन् । कतिपय लगानीकर्ताले बजार बुलिस सुरु भएको डेड बर्षमा कमाएको रकम भन्दा डेढ महिनामा बजार घट्दा अझै बढि गुमाउन पुगेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले सेयर बजारमा सर्टटर्म ट्रेड गर्ने लगानीकर्ताहरुको हावी देखिएको छ,’ एक लगानीकर्ताले भने, ‘त्यस्ता लगानीकर्ताले थोरै नाफा बुक गरेर सेयर बिक्री गर्दैै आएका हुन्छन् अनि उच्चतम मुल्यमा पुगेर खरिद गरेको सेयर मुल्य घट्न थालेपछि कमाएको भन्दा धेरै गुमाउछन् ।’

यसैगरी पछिल्लो समय लगानीका अन्य क्षेत्रहरु समेत खुला भएको र देशमा लकडाउन हुँदा बजार प्रवेश गरेको व्यापारीहरु समेत बाहिरिएका कारण नेप्सेले ओरालो यात्रा तय गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बजारमा जतिवेला दैनिक २०।२२ अर्ब रुपैयाँको सेयर कारोबार हुन्थ्यो त्यतिवेला सामान आयात गर्ने व्यापारी देखि अल्पकालिन लगानीका लागि बैंक तथा वित्तीय क्षेत्रको समेत दरिलो उपस्थिती थियो,’ एक लगानीकर्ताले भने, ‘तर अहिले राष्ट्र बैंकको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा हुने गरेको अल्पकालिन लगानी रोकियो भने आयात व्यापारमा संलग्न व्यापारीहरु आफ्नै क्षेत्रमा फर्किए ।’ जसका कारण बजारमा नकारात्म असर परेको छ भने कारोबार रकमले समेत साथ छाडेको छ ।

मंगलबार बजार ७० अंकले घटेर २६१५ अंकमा झरेको छ भने कारोबार रकम ५ अर्ब ७४ करोड रुपैयाँमा सिमित भएको छ । पछिल्लो समय लगानीकर्ताले बजार केही उचाल्न खोजेपनि उच्च सेलिङ प्रेसर आएका कारण बजार धानिन सकेको छ्रैन । उच्च अंकले घटेको बजारमा सबै समुहका परिसुचक ओरालो लाग्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL