Logo

३ महिनापछि खुल्यो लामो दुरीको सार्वजनिक यातायात सेवा , शनिवार देखि टिकट काटेर जान पाईने

३ महिनापछि खुल्यो लामो दुरीको सार्वजनिक यातायात सेवा , शनिवार देखि टिकट काटेर जान पाईने



काठमाडौं । सरकारले करिव ३ महिनापछि औपचारिक रुपमा लामो तथा मध्यम रुटका सार्वजनिक यातायात सेवा संचालनमा ल्याउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै  शनिबारदेखि नै विभिन्न स्थानबाट काठमाडौं आउने सार्वजनिक यातायात सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो ।

कार्यालयको विज्ञप्ति अनुसार उपत्यका लगायत देशभरका स्कुल कलेजका परिक्षाहरु संचालन भएकाले विद्यार्थिहरु आवतजावत गर्नुपरेकाले सार्वजनिक यातायात सेवा संचालनमा ल्याउन लागिएको हो ।

गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाईएको थियो । त्यस अवधिमा ईमर्जेन्सी कामका लागि काठमाडौं बाहिरिने हरुलाई जान दिएपनि बाहिरबाट काठमाडौं आउन भने सहज थिएन । यस्तै विज्ञप्तिमा सर्वसाधारण हरुलाई टिकट काटेरमा मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्
MBL