Logo

सुनको आयात कोटा बढाउन व्यवसायीको आग्रह, दैनिक कोटा ३० किलो पुर्याउन माग

सुनको आयात कोटा बढाउन व्यवसायीको आग्रह, दैनिक कोटा ३० किलो पुर्याउन माग



काठमाडौं । सुनचाँदी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसमक्ष दैनिक ३० किलो सुन आयात गर्नेनगरी निर्णय गर्न आग्रह गरेका छन् । मंगरबार एक विज्ञप्ति जारी गर्दै नपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पछिल्लो समय सुनचाँदी पसल खुलेपनि बजारको मागअनुसार सुन नभएपछि यसको आयात कोटा बढाउन आग्रह गरेको हो ।

laxmi

यसअघि सरकारले दैनिक २० किलो सुन आयात गर्नेगरी निर्णय गरेको छ । उक्त निर्णयमाथि व्यवसायीहरुले असन्तोष जाहेर गर्दै आएका छन् । कोभिड–१९ को नियन्त्रणको क्रममा सरकारले गत बैशाख १६ गते देखि लक–डाउन निषेधाज्ञा जारी गरेको थियो । जसका कारण व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।

यस्तै सरकारले असार ८ गते देखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि खुला भएका छन् ।

महासंघले लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको चाँडो व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL