Logo

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लाग्यो, बिहीबार ९२ हजार २ सयमा कारोबार हुँदै

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लाग्यो, बिहीबार ९२ हजार २ सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य बिहीबार बढ्दै प्रतितोला ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।

laxmi

पछिल्लो समय सुनको मूल्य लगातार बढ्ने क्रममा छ । एक हप्ता अघिमात्रै प्रतितोला ८९ हजार रुपैयाँको आसपासमा रहेको सुनको मूल्य आज भने ९२ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले उकालो लागेको छ । बुधबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बढ्दा आज प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL