Logo

चन्द्रागिरीमा निः शूल्क कन्सर्ट, राम लिलाशो, स्ट्याण्डअप कमेडीको मज्जा लिन सकिने

चन्द्रागिरीमा निः शूल्क कन्सर्ट, राम लिलाशो, स्ट्याण्डअप कमेडीको मज्जा लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा २३ गते निः शूल्क कन्सर्ट हुने भएको छ । राम लिलाशो, स्ट्याण्डअप कमेडी सहित शिव परियारको प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डीसी प्रोडक्सनले गर्ने छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेको छ ।

भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL