Logo

ऋण नलिएरै बन्छ ५० लाखको घर, बचतको ‘सेड्युल’ भने यस्तो हुनुपर्छ 

ऋण नलिएरै बन्छ ५० लाखको घर, बचतको ‘सेड्युल’ भने यस्तो हुनुपर्छ 


बिजखबर संवाददाता
27
Shares

आफ्नो जीवनकालमा एउटा राम्रो घर बनाउने चाहना धेरैको हुन्छ । धेरैले घर त बनाउँछन् तर त्यो आफ्नो चाहना अनुसारको नहुन पनि सक्छ । पैसाको अभावमा घर सोंचेजस्तो नबन पनि सक्छ अथवा बनेपछि पनि त्यसको ऋणको भारले स्वतन्त्र महसुस नगराउन सक्छ । तर केहि यस्ता तरिका छन् जसले तपाइलाई चाहना अनुसारको घर बनाउन सहयोग गर्छ ।

home
तपाइ कल्पना गर्न सक्नुहुन्छ, १० बर्षभित्रै पचास लाख बराबरको घर बनाउन सकिन्छ त्यो पनि ऋण बिना नै । त्यसका लागि अहिलेदेखि नै केहि बचतको बानी भने सुरु गर्नै पर्छ ।

जागिर गर्ने धेरैले १० देखि २० बर्षसम्म आफ्नो घर बनाउने अपेक्षा राखेका हुन्छन् । यदि १० बर्षभित्र घर बनाउन चाहने हो भने तपाइले मासिक १७ हजार नियमित बचत गर्नुपर्ने हुन्छ । सो बचतबाट तपाइले १० बर्षसम्म प्राप्त गर्ने ब्याज र बचतले घर बनाउन सहयोग पुग्छ ।

त्यस्तै १५ बर्षभित्र सो रकम बराबरको घर बनाउने चाहना छ भने महिनामा ७ हजार बचत सुरु गर्नुपर्छ । २० बर्षमा बनाउने हो भने महिनामा तीन हजार न्युनतम बचत हुनुपर्छ ।
बचत गरेर मात्र हुँदैन त्यसलाई कहाँ राख्ने भन्ने विषय झन् महत्वपूर्ण हुन्छ । बैङ्कमा बचत गरेर मात्र सो रकम बराबरको घर बनाउन गाह्रो हुन्छ । यसका लागि म्युचुअल फण्डको लगानी फाइदाजनक हुन्छ ।
स्रोत : एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL