Logo

हामी ढिला होइन, पछि आयौं तर नयाँ विजनेश मोडालिटी लिएर आएका छौंः नारायण प्रकाश भुजुको अन्तर्वार्ता

हामी ढिला होइन, पछि आयौं तर नयाँ विजनेश मोडालिटी लिएर आएका छौंः नारायण प्रकाश भुजुको अन्तर्वार्ता



पहिलो पुस्ताका एटीएम प्रयोगकर्ताका लागि एससिटी कार्ड नौलो नाम होइन । एससिटिकै कार्ड घोटेर एटीएमबाट पैसा निकालेको धेरैको पहिलो अनुभव पनि हुन सक्छ । केही समय बजारबाट बाहिरिएको एससिटी चीनको युनियन पेसँग सहकार्य गर्दै फेरि नेपालको बैंकिङ् क्षेत्रमाा प्रवेश गरेको छ । त्यतिमात्र हैन, नेपालमै पहिलोपटक इन्टरनअपे्रबल क्यूआर कोडको प्रयोगलाई समेत सम्भव बनाउँदै देशैभर यसको विस्तार गर्ने योजनामा कम्पनीले लागेको छ । कार्ड बजारमा बलियो प्रतिस्पर्धि बन्ने प्रयत्नमा लागिरहेको स्मार्ट च्वाइस टेक्नोलोजी(एससिटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुसँग कम्पनीका नयाँ योजनासहित नेपालकोे डिजिटल कारोबारको सन्दर्भमा बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सारः

नेपालमै पहिलोपटक एटिएममा एकीकृत सेवा लिन सकिने गरि काम सुरु गरेको एससिटी (स्मार्ट च्वाईस टेक्नोलोजिज) पछिल्लो समय ओझेलमा परेको हो ?

एससिटी आजभन्दा २० बर्ष अघि अर्थात सन् २००१ मा स्थापना भएर २००३ देखि संचालनमा आएको कम्पनी हो । नेपालमा भिसा डेबिट कार्ड आउनुभन्दा पहिला देखिनै यो कम्पनीले कार्ड सेवा सुरु गरेको थियो । एससिटीले त्यतिबेला नेपाल भित्रका लागि मात्र हुने गरी प्रोपाईटरी कार्ड प्रदान गर्दै आएको थियो । तर पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमासमेत चल्नेगरी बैंकहरुले भिसा कार्ड भित्र्याए । जसका कारण एससिटी कार्ड अलि ओझेलमा परेको थियो । तर हामीले त्यसलाई मनन गर्दै अन्तरराष्ट्रिय स्तरमा लैजानकै लागि चाइनाको युनियन पेसँग सहकार्य गरेर अघि बढेका छौं ।

अहिले एससिटीले जुन कार्ड संचालनमा ल्याएको छ, यो नेपालका सबै एटिएम, पिओएस मेसिनदेखि भारत लगायतका देशमासमेत चल्छ । एससिटी अब नेपालको बैंक तथा वित्तीय क्षेत्रमा नविनतम प्रविधि र अलग पहिचानका साथ डिजिटल पेमेन्टको सम्पूर्ण सुबिधा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढेको छ । हाल यसमा ३ वटा “क” वर्गको र ५ वटा “ख” बर्गको बैकको लगानी रहेको छ ।

भिसाकार्ड र युनियन पे को कार्डमा के भिन्नता छ र युनियन पे को कार्ड नै किन ?

भिसा भनेको एउटा ब्राण्ड हो । अब बैंकहरु भिसा कार्ड मात्र भनेर बसिरहनु आवश्यक छैन । पहिला अरु विकल्प नभएको बैलामा अर्कै कुरा थियो तर अहिले भिसा ब्राण्डको लागी मात्र भनेर ठूलो रकम बर्षै पिच्छै तिरिरहनुको कुनै मतलव छैन । यसले एकातिर बैंकको खर्च बढीरहेको छ, भने अर्कोतिर विदेशी मुद्रा पनि बाहिरिएको छ ।

rbt

‘भिसाको तुलनामा एससिटी कार्ड प्रयोग गर्दा बैंकहरुले बार्षिक शुल्क बापत तिर्नुपर्ने रकममा बचत हुनुका साथै हरेक कारोबारमा तिर्नुपर्ने खर्च समेत घट्छ । राष्ट्रहितमा हेर्ने हो भने पनि भिसा कार्ड प्रयोग गर्दा जति विदेशी मुद्रा विदेशिदैं आएको छ, त्यसमा पनि बचत हुन्छ ।’

अहिलेको मुख्य आवश्यकता भनेको उपभोक्ताले जुन कार्ड बोक्छ, त्यो सबै ठाउँमा चल्नुपर्यो । अहिले एससिटीले बजारमा उपलब्ध गराई रहेको युनियन पे को कार्डहरु पनि यहाँको सबै एटिएमहरुमा र भारतमा पनि चल्छ । यस प्रकारको सुविधाका लागी भिसाको तुलनामा एससिटी कार्ड प्रयोग गर्दा बैंकहरुले बार्षिक शुल्क बापत तिर्नुपर्ने रकममा बचत हुनुका साथै हरेक कारोबारमा तिर्नुपर्ने खर्च समेत घट्छ । राष्ट्रहितमा हेर्ने हो भने पनि भिसा कार्ड प्रयोग गर्दा जति विदेशी मुद्रा विदेशिदैं आएको छ, त्यसमा पनि बचत हुन्छ । त्यसैले बैंकहरुले युनियन पे को कार्डहरु बाँड्न थाले बैंकलाई धैरै नै फाइदा छ ।

पछिल्लो समय एससिटीले भिसा कार्डलाई नै रिप्लेस गर्नेगरी आफुलाई अघि बढाएको देखिन्छ । बैंकले किन भिसा कार्ड छाडेर एससिटीको युनियन पे रोज्ने ?

अहिले बजारमा क्यूआर पेमेन्ट र भिसा कार्डमा ‘कन्सन्ट्रेशन रिक्स’ बढि देखिन्छ । अबका दिनमा बैंकहरुले एउटा मात्रै सेवा प्रदायक र प्रडक्टबाट सेवा दिइरहँदा ‘रिस्क’ हुन सक्छ । यसअघि भिसा कार्ड मात्र थियो भने अब नयाँ प्रविधिका साथ एससिटी युनियन पे को कार्ड लिएर आएको छ । अर्को कुरा एउटा सेवा प्रदायकबाट मात्रै सेवा दिँदा त्यसमा कुनै समस्या आयो भने बैंकको सम्पूर्ण सेवा नै अवरुद्ध हन सक्छ । यसअघि त्यस्ता समस्या नआएका पनि होइनन् । तसर्थ बैंकहरुले एउटा मात्रै ब्राण्डमा केन्द्रित नभई युनियन पे को र्काड पनि ग्राहक लाई उपलब्ध गराउंदा राम्रो हुन्छ । भोलिका दिनमा कुनै ग्राहकले भिसा कार्ड रोज्लान भने कसैले युनियन पे रोज्लान । तर बैंक वित्तीय संस्थाले आफ्ना ग्राहकलाई पनि सोही अनुरुप सुविधा दिनुपर्छ । कुन कार्ड बाँड्दा बैंकलाई लागत कम पर्छ, बैंकले त्यो बाँड्छ । जुन कार्डबाट ग्राहकहरुले सहज रुपमा सेवा पाउन सक्छन्, सोही अनुरुप उपभोक्ताले पनि रोज्न पाउनुपर्छ । सोही अनुरुप अहिले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, एभरेष्ट बैंकलगायत अन्य बैंक तथा वित्तीय संस्थाले युनियन पे प्रयोगमा ल्याईसकेका छन् ।

पछिल्लो समय एससिटी स्मार्ट क्यूआर बजारमा प्रवेश गरेको देखिन्छ । बजारमा पहिले नै अरुले यस्तो सेवा दिइरहेकोमा तपाईंहरु अलि ढिला हुनुभएन र ?

पक्कै पनि एससिटीभन्दा अघि अर्को संस्थाले क्यूआर सेवा सुरु गरेको हो, त्यसमा कुनै दुइमत छैन । हामी ढिला होइन, पछि आयौं तर नयाँ विजनेश मोडालिटी लिएर आएका छौं । अहिले प्राय बजारमा उपलब्ध क्यूआर मा एक मात्र संस्थाको एकाधिकार रहेको छ, जसमा आफनै ग्राहकले मात्र तिर्न सक्ने वातावरण छ । तर हामीले नेपाल राष्ट्र बैंकबाट लाईसेन्स पाएका जतिपनि पीएसपीहरु छन् ती सबैलाई समेटेर एउटै प्लेटफर्मबाट सेवा दिने गरी अघि बढेका छौं । जसमा सबै पीएसपीहरुको ग्राहकले जुन पनि पसलमा रहेको र जो सुकैले क्यूआर उपलब्ध गराएको अवस्थामा पनि कारोवार गर्न सक्ने अवधारणाका साथ स्र्माट क्यूआर को नेटर्वक स्थापना गरी स्मार्ट क्यूआर को प्रर्बद्धन गरिरहेका छौं ।
एकिकृत क्यूआर सर्भिस दिने योजना त बनाउनु भएको छ । तर प्रतिस्पर्धी अरु कम्पनीका मर्चेन्ट नै धेरै रहेको अवस्थामा तपाइँहरुको योजना पूरा गर्न सम्भव छ ?

एससिटी पीएसओ भएकाले सिधै मर्चेण्ट बनाउन पाउंदैन तर आईएमई पे, प्रभु पे तथा क्यू पे, मार्फत क्यूआर मर्चेन्ट बनाउने कार्य तिव्र गतिका साथ भइरहेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि क्यूआर पे मा इन्ट्रा अप्रेबल हुनुपर्छ भनिसकेको छ । त्यसै अनुसार हामीले उहाँहरुसँग सहकार्य गर्नु पर्ने हुन्छ जस्का लागी हामी तयार छौं । यदि यो लागु भएन भने हामीले पनि अहिलेको मर्चेन्टहरुमा स्मार्ट क्यूआर पनि उपलब्ध गराउनु पर्ने हुन्छ । तर, हामी काठमाडौ मात्र केन्द्रित नभई नेपालभर नै यसलाई लैजादैं छौं र सबै पीएसपीहरुसँग सहकार्य गर्दैछौं । अहिले आधा दर्जनजति हामीसँग आवद्ध भइसकेका छन्, भने अन्य पनि आबद्ध हुने क्रम बढ्दो छ ।

क्युआर पेमेन्टकै आधारमा मात्र ‘विजनेस सस्टेन’ गर्न सम्भव छ ?

नढांटी भन्ने हो भने अहिले क्यूआरमा मात्रै विजनेस सस्टेन हुने अवस्था कसैलाई पनि छैन । हामी अहिले कार्यान्वयनको सुरुवाती अवस्था अर्थात प्रमोशनल चरणमा छौं । अहिले सबैजसो सेवाप्रदायकले क्यूआर सेवालाई निःशुल्क प्रदान गर्दै आएका छन् । यसमा उपभोक्ता तथा मर्चेण्ट कसैले पनि शुल्क तिर्नुपर्दैन । ग्राहकलाई व्यवहारिक बनाउनकै लागि हामीले निःशूल्क सेवा दिँदै आएका छौं । जबसम्म सेवा शुल्क आउँदैन त्यो अवस्थासम्म क्यूआरकै विजनेशबाट टिक्न कठिनै हुन्छ ।

rbt

‘अहिले बजारमा क्यूआर पेमेन्ट र भिसा कार्डमा ‘कन्सन्ट्रेशन रिक्स’ बढि देखिन्छ । अबका दिनमा बैंकहरुले एउटा मात्रै सेवा प्रदायक र प्रडक्टबाट सेवा दिइरहँदा ‘रिस्क’ हुन सक्छ ।’

अहिले जसरी कार्डबाट गरिने भुक्तानीमा मर्चेण्टहरुले सिमित शुल्क तिर्छन् भोलिका दिनमा क्यूआर पेमेन्टमा पनि सोही व्यवस्था लागु हुन सक्छ । भविष्यमा हुन सक्ने फाइदालाई मध्यनजर गर्दै हामीले क्यूआर पेमेन्टमा लगानी गर्दै आएका हौं । सँगै ग्राहकलाई पनि त्यसै अनुसार सचेत गराउने क्रम जारी छ । डिजिटल पेमेन्टमा क्यूआर ट्रान्जेक्सनको आकार बढ्दै गएपछि विजनेश सस्टेन हुन सकिएला । तर अहिले आम्दानी भन्दा पनि भविष्यमा कारोवारको प्रकियामा आउने परिवर्तनलाई हेरेर क्यूआर पेमेन्ट कार्यान्वनमा लागेका छौं ।

तपाई आफै पनि लामो समयदेखि डिजिटल बैंकिङ क्षेत्रमै कार्यरत हुनुहुन्छ । भविष्यमा नेपालको डिजिटल कारोबारको प्रक्षेपण कसरी गर्नुहुन्छ ?

सन् २००२ मा इन्टरनेट बैंकिङको सुरुवात भएसँगै नेपालमा डिजिटल बैंकिङमा प्रवेश गरेका हो । त्यसपछि एटिएम (प्रोपाईटरी कार्ड, भिसा कार्ड, वालेट, मोबाइल बैंकिङ हुँदै हामी डिजिटल युगमा प्रवेश गर्दै आएका हौं । अब डिजिटल बैंकिङ कुनै एक बैंकको आवश्यकता मात्र नभई नयाँ प्रविधि र समयको माग अनुसार बाध्यात्मक भैसकेको छ । नयाँ प्रविधि र समयको माग अनुरुप नयाँ नयाँ सेवाहरु प्रदान गर्न नसके बजारमा रहन सकिदैंन । अबका दिन अझ नयाँ नयाँ प्रडक्टहरु आउँदैछन् ।सबै सेवाप्रदायकले बढिभन्दा बढि उपभोक्तालाई डिजिटल कारोबारमै आबद्ध गराउँदै लाने प्रयत्न गर्ने छन् । अर्को कुरा सरकारले पनि सबै तह र क्षेत्रको वित्तीय कारोबारलाई पारदर्शी बनाउनका लागि पनि सबै क्षेत्रमा विद्युतीय कारोबारको सुविधा दिदैं गएकोले पनि अब मोबाइल टपअप, बिजुलीको भुक्तानी र बैंक ट्रान्सफरमा मात्र सिमित न रहि हरेक किसिमको आर्थिक कारोवार मोवाइलको माध्यमबाट सम्भव हुने छ भने विस्तारै नगदरहित युगमा जाने छ ।

एससिटीले नेपालमै पहिलो पटक सहकारीलाई पनि कार्ड सिस्टममा ल्याएको छ । यसलाई भविष्यमा कसरी प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सकिन्छ ?

नेपालको बैंकिङ क्षेत्रमा सहकारीले धेरै प्रभाव पार्दै आएको छ । तथ्याङककै आधारमा कुरा गर्दा नेपालमा २८ हजारभन्दा बढी सहकारीहरुले काम गर्दै आएका छन् । सोही अनुरुप सहकारीमा पनि ठूलो मात्रामा निक्षेप छन् । तर, यो वर्गको ग्राहकहरुले बिधुतिय कारोवारका लागी बैंकहरुमा नै र्निभर रहनु परेका अवस्थालाई मध्येनजर गर्दै हामीले सहकारीलाई एटिम नेटर्वकमा जोडेका हौं । युनियन पे को कार्ड वितरणमा कुनै पूंजिगत लगानी गर्नु नपर्ने र न्यूनतम खर्चमा उपलब्ध गर्न सम्भव भएका कारण हामीले यो सुविधा सहकारीलाई दिन सकेका हौं । हाल ५० भन्दा बढी सहकारीले एससिटीको कार्ड सेवा प्रदान गरिसकेका छन् भने थप ४० वटा सहकारी प्रकियामा छन । एससिटीले आफ्नो सेवा विस्तार गर्दै जाने निती अनरुप जहाँ जहाँ डिजिटल बैंकिङको पहुँच पुगेको छैन सो क्षेत्रमा आफनो सेवा बिस्तार गर्दै गएका हौं र हामी मोबाइल बंैकिङ र क्यूआर पेमेन्टमा पनि आबद्ध गर्ने प्रकियामा छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL